arrow

भीरबाट खसेको ढुंगाले लागेर एक्स्काभेटर चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
Tanahun_District.png

पोखरा । तनहुँमा भीरबाट खसेको ढुंगाले लागेर एक्स्काभेटर चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं ९ का ४० वर्षीय शुकबहादुर गुरुङ छन् । 

ढुङ्गाले लागेर गम्भीर घाइते भएका गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिए ।

बन्दीपुर गाउँपालिका वडा नं ४ विमलनगर चुनपहरा खण्डमा पोखरा-मुग्लिन सडक आयोजनाको कामका क्रममा बिग्रिएको एक्स्काभेटर मर्मत गर्ने क्रममा माथिबाट ढुंगा खसेर सो घटना भएको हो । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ