arrow

मुम्बई हमलाका मास्टर माइन्ड राणालाई भारत ल्याइयो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
tahawwur-rana.jpg
तस्बिर – राणालाई भारत ल्याएपछिको पहिलो तस्बिर राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले उपलब्ध गराएको हो ।

नयाँदिल्ली । भारतको मुम्बई हमलाका मास्टर माइन्ड तहव्बुर राणालाई भारत ल्याइएको छ । उनलाई अमेरिकाबाट लिएर आएको विशेष विमान बिहीबार साँझ दिल्लीको पालम विमानस्थलमा उत्रिएको छ ।

भारतीय मिडियाका अनुसार उनलाई राष्ट्रिय जाँच एजेन्सी (एनआईए) को मुख्यालय लगिँदैछ । त्योसँगै एनआईएमा पनि हलचल मचिएको छ । अमेरिकाले उनलाइ भारत सुपुर्दगी गरिदिएको हो ।

रिपोर्ट अनुसार तहव्वुर राणालाई कडा सुरक्षामा एयरपोर्टबाट एनआईए को मुख्यालयमा लगिँदैछ । जहाँ मेडिकल टोलीले कानूनी प्रक्रिया अनुसार उनको मेडिकल जाँच गर्नेछ।

 केन्द्रीय मन्त्री पियुष गोयलले भने, ‘आजको दिन धेरै महत्त्वपूर्ण छ। सन् २००८ मा मुम्बईमा आतंकवादी हमला भएको थियो। हामीले त्यो हमलाका आरोपी तहव्वुर राणालाई भारत फिर्ता ल्याएका छौं। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको निरन्तर प्रयासले यो सफल भएको हो।’

 
राणालाई भारतको कानुनबमोजिम कडा कारबाही गरिने छ र अहिंसाका साथसाथै हिंसा गर्नेलाई कारबाही गर्नु पनि उत्तिकै जरुरी छ ।”

भारतीय सञ्चारमाध्यमका अनुसार सम्भवतः उनलाई तिहाड जेलमा राखेर थप कारबाही गरिनेछ । उनीविरुद्ध मुम्बइमा आतंकवादी हमला गराउन मुख्य भूमिका खेलेको आरोप छ । झन्डै ४०० पृष्ठको आरोप पत्रमा उनी दोषी भेटिएका छन् ।

केही मिडियाले त उनलाई फाँसी नै हुनसक्ने आँकलनसमेत गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ