arrow

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
Tanahun_District.png

तनहुँ । तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ६ः३० बजे बन्दीपुर गाउँपालिका वडा नं २ कामीडाँडाकी १० वर्षीया अनुजा विकको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । 

इसुव विकको छोरी साँझ आफ्नै घरबाट छिमेकी दिदीको घरमा जाने क्रममा एक्कासि चितुवाले आक्रमण गरेको थियो ।

बन्दीपुर गाँउपालिका वडा नं २ का वडाअध्यक्ष तीलकबहादुर कुँवरका अनुसार घरदेखि अन्दाजी सात सय मिटर तल विकको शव फेला परेको हो ।

बन्दीपुर गाँउपालिका वडा नं २ मा पहिलोपटक चितुवाको आक्रमणबाट मानिसको ज्यान गएको वडाध्यष कुँवरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ