arrow

मादीमा डुबेर बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
Tanahun_District.png

तनहुँ । तनहुँको व्यास नगरपालिका-३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा व्यास नगरपालिका-२ दमौली निवासी ११ वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको थियो ।

बेपत्ता शाहीको बिहीबारदेखि नै खोजतलास गरिएकामा व्यास नगरपालिका-१ स्थित मादीसेती घाट नजिक शव भेटिएको प्रनाउ थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ