आइतबार कुनै औपचारिक कार्यक्रम छैन – राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
3.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आइतबार कुनै पनि औपचारिक कार्यक्रम नराखिएको जनाएको छ ।
गत चैत ९ गते सम्पन्न प्रथम निर्वाचनबाट निर्वाचित कार्यसमितिले आइतबार कुनै पनि कार्यक्रम नराखिएको जनाएको हो ।
संघका महामन्त्रीद्धय गणेशबहादुर खत्री र किरणकुमार पासवानले प्रेस विज्ञप्ति जारी गरी आइतबार कुनै पनि आधिकारिक कार्यक्रम नरहेको बताएका हुन् ।
शनिबार विज्ञप्ति जारी गर्दै संघले ‘राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबाट मिति २०८१ चैत्र ३१ गते नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा अन्य गतिविधि सामाजिक सञ्जालमा सम्प्रेषण भएको र संघका साथीहरूबीच भ्रम सृजना भइ कार्यक्रमका बारेमा बारम्बार सोधपुछ गरेको हुँदा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको तर्फबाट शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगरिएको जानकारी गर्दछौँ ।’
विज्ञप्तिमा यस्ता सूचनाको भ्रममा नपर्न सबैमा आग्रह गरिएको छ । यसैगरी संघले लेटर प्याड र छापकोसमेत दुरूपयोग भएको पाइएकोले यस्ता अनधिकृत कार्यहरू तत्कालै रोकी राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघलाई अझ बलियो र संगठित बनाउदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिमा सहकार्य गर्नका लागि सम्बन्धित पक्षसँग अनुरोधसमेत गरेको छ ।
चुनावमा माधवप्रसाद चम्लागाईं नेतृत्वको टिमले सफलता हासिल गरेको थियो । लोकप्रिय मतसहित विजयी चम्लागाईंले विकास थापा र कल्पना खड्कालाई हराएका थिए ।