काठमाडौं । कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको जीजे १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र आगलागीबाट गाडी पूर्ण रूपमा जलेको बताइएको छ। आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन।