कांग्रेसको स्पष्ट भनाइ – प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रतिपक्षमा बस्ने दलकै काम भनेको कतिबेलामा सत्तामा जाउँ भन्ने हुन्छ । त्यही भूमिका अहिले माओवाद िकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलिरहेका छन् । आफूलाई सत्तामा जाने हतारो नभएको भनी बोल्ने तर वर्तमान सरकार चाँडै ढल्ने भनी तर्क गर्दै आएका प्रचण्डलाई नेपाली कांग्रेसले भने स्पष्ट जवाफ दिएको छ ।
कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेताले भन्ने बित्तिकै सरकार नढल्ने स्पष्ट पारेको छ । केही दिनअघि प्रचण्डले नयाँ वर्षमा सरकार ढल्ने दाबी गरेका थिए । त्यसको खण्डन गर्दै कांग्रेसले उनलाई जवाफ दिएको हो ।
‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ कांग्रेसले बोलाएको पदाधिकारी र मन्त्रीहरुको संयुक्त बैठकपछि कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने, ‘उहाँले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’
कांग्रेस र एमालेबीच गठबन्धनमा समस्या भइरहेको अवस्थामा बिहीबार सभापति शेरबहादुर देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गरेका थिए ।