arrow

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
ncell-data-bonus-2082.jpg

काठमाडौँ । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १०० र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । 

एनसेल एप ग्राहकहरुको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यका साथ थुप्रै उपयोगी सुविधाहरूसहित डिजाइन गरिएको सेल्फ सर्भिस एप भएको कम्पनीले जनाएको छ । 

एनसेल एपमार्फत रु. १०० देखि रु. २०० सम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी बोनस डेटा प्राप्त गर्दछन् । 

यस्तै रु. २०० वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनको लागि मान्य रहने ५०० एमबी बोनस डेटा पाइन्छ । 

स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू नहुने एनसेलले जनाएको छ । 

यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिन्छ । 

यसका साथै ग्राहकहरुले एनसेल एपमार्फत एपमा उपलब्ध विविध सेवा  सुविधाहरू उपयोग गरी त्यसको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । 

एनसेलले प्रेस विज्ञप्ति जारी गरी जनाएअनुसार ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सक्षम बनाउँछ, जसले गर्दा यो एक नभई नहुने सेल्फ केयर टुलको रूपमा स्थापित भएको छ ।

एनसेल एपमार्फत प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैं अन प्याकहरु, सधैं अन रिन्यूअल प्याकहरु लिन, अन लाइन रिचार्ज गर्न सक्छन् । आफ्नो सेवा प्रयोगको विवरण हेर्न सक्छन्, डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सक्छन् । साथै ग्राहकले प्याकहरु उपहारको रूपमा पठाउन सक्छन्, र अरू धेरै सुविधाहरू उपयोग गर्न सक्छन् ।

अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचारहरूको उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत थुप्रै सेवाहरू समावेश रहेको कम्पनीले जनाएको छ । 

विभिन्न उदेश्यले छिटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकहरुका लागि पनि एनसेल एप एक प्रभावकारी सेल्फ सर्भिस एप हो, जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्दछ । 

एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी यी विभिन्न सुविधाहरूको लाभ लिन सक्ने पनि कम्पनीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ