arrow

गौरमा चिसोले हट्यो कर्फ्यू, दोहोरो मारमा स्थानीय

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
rautahat-@t.jpg.jpeg
गौर । रौतहट सदरमुकाम गौरमा स्थानीय प्रशासनले लगाएको अनिश्चितकालिन कर्फ्यू चार घण्टाका लागि हटेको छ । बिहान ६ देखि १० बजेसम्मका कर्फ्यू हटेको हो । अत्यधिक चिसोले कर्फ्यू केही घण्टा हटाइएको प्रशासनले जनाएको छ । आइतबार भएको दोहोरो झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि बढेको तनाव कम गर्न जिल्ला प्रशासन रौतहटले आइतबार अपरान्ह ४ बजेदेखि कर्फ्यू लगाएको हो ।
 
स्थानीय प्रशासनले गौरको पूर्वतर्फको बडहरवा पुल र पश्चिमको टिकुलीया गाउँदेखि पूर्व, उत्तरमा नयाँ बसपार्क र दक्षिणमा भन्सार नाकासम्म कर्फ्यु लगाएको थियो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले चलाएको गोली लागेर तेजापाकड–१ का १८ वर्षीय शेख तबरेजको मृत्यु भएपछि गौर थप तनावग्रस्त बन्यो ।  झडपमा १२ बढी आन्दोलनकारी र २१ प्रहरी घाइते भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र पोखरेलले बताए । स्थानीय आन्दोलन र निषेधाज्ञा तथा कठ्याङग्रीदो चिसोको दोहोरो मारमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ