arrow

पाथीभरा क्षेत्र विकास समिति सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
samman-pathibhara.jpg

ताप्लेजुङ । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै पाथीभरा क्षेत्र विकास समितिलाई नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले सम्मान गरेको छ । 

परिषद्ले पाँचथरको फिदिममा आयोजना गरेको ‘ज्योतिष, वास्तु, धर्मशास्त्र तथा धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम’ मा समितिलाई सम्मान प्रदान गरेको हो ।

समितिले लामो समयदेखि धार्मिक पर्यटनको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । समिति अध्यक्ष रक्की थेबे (लिम्बु) ले सम्मानपत्र ग्रहण गरे । 

फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, नेपाल ज्योतिष परिषद् केन्द्रीय महासचिव विश्वप्रकाश लामिछाने, परिषद्को कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला र जिल्ला अध्यक्ष रमेशचन्द्र न्यौपानेले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

ज्योतिष पेशामा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका नेपाल ज्योतिष परिषद् पाँचथरका सल्लाहकार एवं समितिका संयोजक गङ्गाराम भट्टराई र वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भट्टराईलाई समेत सम्मान गरिएको थियो । 

समिति अध्यक्ष थेबेले परिषद्को सम्मानले धार्मिक पर्यटन प्रवर्द्धनको अभियानमा थप ऊर्जा र प्रेरणा प्राप्त भएको बताए । 

उनले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको पाथीभरा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रचारप्रसारमा निरन्तर लागिरहने बताउँदै समितिलाई सम्मान गर्नेप्रति धन्यवाद ज्ञापन गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ