arrow

प्रतिनिधि सभामा पर्यटनमन्त्री

उड्डयन क्षेत्रको व्यापक सुधारको लागि आवश्यक ऐनहरू निर्माण गर्ने गृहकार्यमा छौं - मन्त्री पाण्डे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
bari-14.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको उड्डयन क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको उल्लेख गर्दै त्यसको लागि आवश्यक ऐनहरू बनाउने गृहकार्यमा सरकार रहेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक’माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । 

सरकार हवाई नीति परिवर्तन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ । उहाँले अन्तर्राष्ट्रिय यात्रुहरूले प्राप्त गर्ने बीमा र आन्तरिक यात्रुहरूले प्राप्त गर्ने बिमामा ठुलो अन्तर रहेको उल्लेख गर्दै त्यसको समायोजन र पुनरावलोकन गर्न ऐन बनाउने तयारीमा जुटेको समेत बताए । उहाँले हवाई दुर्घटना जाँचबुझसँग सम्बन्धित स्थायी प्रकारको ऐन आवश्यक रहेको उल्लेख गर्दै त्यसको मस्यौदा लेख्ने काम केही दिनमा सुरु गरिने दाबी गरे । 

उनले भने, ‘हामी हवाई नीति परिवर्तनको पनि तयारीमा छौं । त्यसै गरी उड्डयनसम्बन्धी छाता ऐनको रूपमा हवाई ऐनको मस्यौदाको काम अगाडि बढेको छ । अरुपनि थुप्रै त्यस्ता ऐनहरू बनाउनुपर्नेछ । अन्तर्राष्ट्रिय यात्रुहरूले प्राप्त गर्ने बीमा र आन्तरिक यात्रुहरूले प्राप्त गर्ने बिमामा ठुलो अन्तर छ । त्यसको समायोजन र पुनरावलोकन गर्नुपर्ने सम्बन्धमा पनि हामी ऐन बनाउने तयारी गरिरहेका छौं । हामी हवाई दुर्घटना जाँचबुझसँग सम्बन्धित स्थायी प्रकारको ऐन चाहिएको हुनाले त्यससँग सम्बन्धी ऐनको मस्यौदा तयार गर्ने तयारीमा पनि हामी छौं। ’
उहाँले पोखरा र गौतमबुद्ध विमानस्थल नियमित रूपमा सञ्चालन गर्न समेत सरकार लागिपरेको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ