arrow

राष्ट्रपति पौडेलले वैशाख १९ गते दुवै सदनलाई सम्बोधन गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
ramchandra-81-2-1p.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रवार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराएका हुन् ।

उनकाअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ साल वैशाख १९ गते शुक्रवारका दिन ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरूलाई उक्त दिनको पौने ३ बजे नै आफ्नो आफ्नो आसन ग्रहण गरिसक्न आग्रह गरे । 

सभामुख घिमिरेले भने, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ साल वैशाख १९ गते शुक्रवारका दिन ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भनेर त्यसका लागि सदनको उपस्थिति आह्वान गर्नुभएको ब्यहोरा अनुरोध गर्दछु । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल नेपालको संविधानको धारा ९५ बमोजिम वि.सं. २०८२ साल वैशाख १९ गते शुक्रवार दिनको ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा प्रतिनिधि सभाका सम्पूर्ण मान्य सदस्यहरू उक्त दिनको २:४५ बजे भित्र नै आफ्नो आफ्नो आसन ग्रहण गरिसक्नु हुन अनुरोध गर्दछु । साथै उक्त दिन समयमा माननीय सदस्यहरूको लागि निर्धारण गरिएको पोशकामा उपस्थित भइदिनु हुन समेत अनुरोध गर्दछु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ