arrow

मोर्चा घटकलाई बालुवाटार निम्तो, प्रचण्डलाई र्‍याख र्‍याख पार्ने मोर्चा नेताको तयारी

टेबल भएको संशोधन मान्य नहुने, छुटेका विषय समेटेर पूरक प्रस्ताव ल्याउनु पर्ने

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
baliwatar-meet-morcha-naya.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सबै घटकलाई छलफलका लागि बोलाएका छन् । आफुहरुका माग अनुसार संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा भाग नलिने अडान लिइरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई प्रधानमन्त्री दाहालले शुक्रबार बिहान् छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

एमालेसहित ९ दलको होहल्ला बीच सरकारले संविधान संशोधन विधेयक टेबल गरेपछि प्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न  बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकको एजेण्डाबारे आफुहरुलाई जानकारी नगराएको भएपनि निम्ला सबैलाई आएको तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले हाम्राकुरालाई जानकारी दिए । त्रिपाठीले संविधान संशोधनमा अझै आफुहरुको चित्त नबुझेको भन्दै शुक्रबारको बैठक महत्वपूर्ण हुने बताए ।

बैठकमा संविधान संशोधन विधेयक परिमार्जन गर्ने विषयमा गम्भीरताका साथ छलफल हुने उपाध्यक्ष त्रिपाठीको भनाई छ । यस्तै, संघीय समाजबादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन विधेयक टेबल गरेर मात्र नहुने भन्दै यो संशोधनमा नसमेटिएका विषयहरु समेटेर पूरक प्रस्ताव ल्याउन दबाब दिने तयारी रहेको बताए । प्रधानमन्त्री दाहालले आधा आधा मात्रै काम गरिरहेकाले प्रष्टसँग कुरा राख्ने उनको भनाई छ ।

हाम्राकुरासँग उपाध्यक्ष श्रेष्ठले भने, ‘यो संशोधन विधेयकले हाम्रा माग सम्बोधन हुँदैनन् । छुटेका विषयहरु समेटेर पूरक पस्ताव ल्याउनु पर्छ । निर्वाचनको त कुरै नगर्नुस् ।’ चित्त बुझ्दो संशोधन नभई निर्वाचन हुँदैन । यसअघि संसदमै संशोधन हालेर अघि बढ्न सकिने बताएका मोर्चा नेताहरुले मुख्य तीन दलको निर्वाचन तयारीविरुद्ध अभिव्यक्ति दिन थालेका छन् । नेता श्रेष्ठले आफुहरुले कुनै संशोधनको तयारी नगरेको समेत बताए ।

आयोगको प्रतिवेदन आयोगलाई फिर्ता पठाऊ
उपाध्यक्ष श्रेष्ठले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोले सरकारलाई बुझाएको प्रतिवेदन प्रतिगामी भएको बताए ।

उनले भने, ‘आयोगको नाम एउटा । काम एउटा भएको छ । नाम अनुसारको काम भएकै छैन कसरी मान्ने ? ।’ आयोगको नाममै पाँच काम छ , उनले थपे, ‘गरेको जम्मा दुई काम छ । त्यो अधुरै काम गरेर बुझाएको प्रतिवेदनका आधारमा कसरी निर्वाचन हुन्छ । कसरी संविधान कार्यान्वयनको सपना देखिँदै छ ?’ श्रेष्ठले तर्क गर्दै भने ।   

गाउँपालिका र नगरपालिकाको संख्या मात्रै तोकेर आयोगले प्रतिवेदन दियो । अब निर्वाचन सुनिश्चत भयो भनेर सरकारमा रहेका दलहरुले फुक्दै हिँडेका छन्, श्रेष्ठले भने, ‘यसको कुनै अर्थ छैन । यो प्रतिवेदन आयोगमै फिर्ता पठाएर पूर्ण प्रतिवदेन माग गर्नु पर्दछ ।’ आधा मात्रै काम गरेर हुन्छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले प्रधानमन्त्रीसँगको छलफलमा स्थानीय तहको सीमाना निर्धारण र आयोगको प्रतिवेदनबारे कडाइका साथ  कुरा उठाउने बताए । वुधबार मात्रै बसेको मोर्चासहित संघीय गठबन्धनको बैठकले संविधान संशोधन नगरी अघि बढ्न नसकिने भन्दै प्राप्त उपलब्धि नगुमाउन सबै दललाई अनुरोध गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ