arrow

भारतले रोक्यो पाकिस्तान जाने चिनाब नदीको पानी, झेलम नदीको रोक्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
chinab-nadi-india-pakistan.jpg

काठमाडौँ । भारतले पाकिस्तानमा बग्ने चिनाब नदीको पानी रोकेको छ । भारतले सिन्धु जल सन्धि निलम्बन गरेसँगै चिनाब नदीको पानी रोकेको हो । 

समाचार एजेन्सी पीटीआईका अनुसार जम्मूको रामबनमा बनेको बागलिहार बाँधबाट चिनाब पानी रोकेको हो । 

कश्मीरमा किशनगंगा बाँधका माध्यमबाट झेलम नदीको पानी पनि रोक्ने तयारी भइरहेको पीटीआईले जनाएको छ । 

एआईएमआईएम प्रमुख असदुद्धिन ओवैसीले पहलगाममा आतंकवादी हमलामा २७ हिन्दूधर्मी मारिएपछि भारत सरकार कठोर बनेको बताएका छन् । 

उनले मृतकले न्याय पाउने बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो कदम चाल्नेछन् कि पाकिस्तान भारतमा छिरेर कसैलाई मार्नुअघि सय पटक सोच्नेछ । 

यसैबीच, पंजाबको अमृतसर पुलिसले आइतबार २ जासुसलाई गिरफ्तार गरेको छ । पुलिसले दुवै सैन्य छावनी र एयरफोर्स बेसको सूचना र तस्बिर विदेश पठाउँदै थिए । दुवै पाकिस्तानी खुफिया एजेन्सी आईएसआईबाट सञ्चालित भएकोसमेत बताइएको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ