arrow

के भयो ओली र प्रचण्डबीचको छलफलमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
oli-prachanda-barshaman-agn.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको हो । 

माओवादी केन्द्रका नेता वर्षमान पुनले टीआरसीसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरूले उठाएका, चर्चा भएका विषयहरूमा र त्यसबारेमा भइराखेको प्रक्रियाका बारेमा छलफल भएको मिडियालाई जानकारी दिएका छन् । 

छलफलमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेलसमेत सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ