arrow

विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सरकारलाई सभामुखको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
devraj-ghimire-82-1-22.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले विदेशमा पढ्ने विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएका छन् । 

उनले भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा लगातार मृत्युको घटना भएपछि सभामुख घिमिरेले आजको प्रतिनिधि सभाको बैठकमा सरकारलाई सुरक्षाका लागि निर्देशन दिएका हुन् । 

उनले केआईआईटीमा एकपछि अर्को घटना भएको भन्दै सरकारलाई गम्भीर चासो लिइ सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षसँग संवाद अघि बढाउन निर्देशन दिएका हुन् । साथै परिवारलाई आवश्यक न्यायीक सहयोग गर्नसमेत उनले निर्देश गरेका छन् । 

उनले भने, ‘साथै विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न गराउन अवश्यक व्यवस्था गर्नसमेत म निर्देशन गर्दछु ।’

गत बिहीबारमात्रै केआईआईटीमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया प्रिशा साहको मृत्यु भएको थियो । उनको छात्रावासमा कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । 

यसअघि गत फागुनमा अर्की विद्यार्थी प्रकृति लम्सालको पनि सोही शैलीमा मृत्यु भएको थियो । उनको मृत्युको अनुसन्धान पनि जारी नै रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ