arrow

लागुऔषध कारोबारी नियन्त्रण गर्न चलाइयो गोली

logo
युवराज रेग्मी, 
प्रकाशित २०८२ वैशाख २२ सोमबार
Kankai_Nagarpalika.png

झापा । झापाको कनकाई नगरपालिका ५ तल्लो चाप्रामारीस्थित सुरुङ्गा–झापा सडकखण्डमा सोमबार बिहान प्रहरीले दुई राउन्ड गोली चलाएको छ । 

 बिआर ३७९१९८ नम्बरको भारतिय नम्बर प्लेटको  मोटरसाइकलमा सवार कारोबारीलाई पक्राउगर्न गोली चलाइएको झापा जिल्लाका  प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छ्न्  । 

गोली चलाएपछि मोटरसाइकल छोडेर कारोबारी भागेको खड्काले बताए । मोटरसाइकलबाट प्रहरीले २०० ग्राम ब्राउनसुगर बरामद गरेको छ । 

‘मोटरसाइकल रोकी  चेकजाँचका क्रममा कारोबारी भागेपछि गोली चलाइएको जिल्ला प्रहरीले जनाएको छ । 

कारोबारी भागेपछि थ्री नट थ्री राइफलबाट प्रहरीले दुई राउन्ड गोली चलाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ