arrow

प्रधानमन्त्रीलाई अवरोध गर्न खोज्दा दुहबीमा झडप, मोर्चाका पाँच घाइते, ४ पक्राउ

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
Duhabi.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एमालेको मधेस जागरण अभियान अन्तर्गत सुनसरीको इटहरीमा हुने आमसभामा सहभागी हुन आउन लागेको थाहा पाएपछि मधेसी मोर्चाले दुहवीमा अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । झडपमा ५ जना मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन भेला भएका मोर्चाका कार्यकर्तासँग प्रहरीको झडप भएको हो । प्रधानमन्त्री ओली सोमबार बिराटनगर बिमानस्थलबाट दुहवी हुँदै इटहरी आउने थाहा पाएपछि मोर्चाका कार्यकर्ताहरुले दुहवीमा प्रदर्शन गरिरहेका छन् । झडपमा मोर्चाका रामेश्वर मण्डल, मुन्ना साह, रञ्जित गोश्वामी, एसएन मेहता घाइते भएका छन् भने  महेस यादव, भुपेन यादव, पप्पु गोश्वामी लगायतलाई पक्राउ गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ