arrow

एनसेलको पहिलो ‘एनसेल शप इन शप’ भैरहवामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
ncell-shop-in-shop.jpg

काठमाडौँ । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल शप इन शप’ संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा आजबाट संचालनमा ल्याएको छ ।

भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो ‘एनसेल शप इन शप’ संचालन गरेको हो । एक कार्यक्रममाझ बिहीबार एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो ‘एनसेल शप इन शप’ सपको उद्घाटन गरेका थिए ।

‘एनसेल शप इन शप’बाट ग्राहकहरुले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरु एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन् ।

ग्राहकहरूले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणिकरण गर्ने, लोकप्रिय सधैं अन रिन्यूअल जस्ता प्याकहरु, सेवा, सुविधा लिने, ईसिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउने लगायतका विविध ग्राहक सेवाहरू लिन सक्छन् ।

“अब हाम्रा ग्राहकहरुले सबै ग्राहक सेवाहरु नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन् । आजबाट औपचारिक रुपमा संचालनमा आएको यो पहिलो ‘एनसेल शप इन शप’ एक उदाहरण हो । यस अवधारणा अनुरुप हामीले देशैभर विभिन्न स्थानहरुमा थप सप इन सपहरु संचालनमा ल्याउने योजना अनुसार काम गरिरहेका छौं जसले हाम्रो ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउने छ । हाम्रो थिम ‘हामी तपाईंकै लागि’को मूल मर्म अनुसार ग्राहकहरुलाई सेवा प्रदान गर्न सधैं प्रतिबद्ध छौं,” रोड्रिगेजले भने ।

रोड्रिगेजले उद्घाटनको अवसरमा सप इन सपमा आई ‘स्पिन एन्ड ब्हिल’ खेलेका अगन्तुकहरुलाई विभिन्न उपहारहरु पनि वितरण गरेका थिए । 

आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस ‘एनसेल शप इन शप’ ले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टरहरु पनि संचालन गर्दै आएकोजनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ