arrow

भारतले भन्यो - 'अपरेशन सिन्दूर' जारी, सर्वदलीय बैठकमा मोदी सरकारलाई सबैको साथ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
india-all-party-meeting-25-.jpg

काठमाडौँ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले पाकिस्तान विरुद्धको अपरेशन सिन्दूर जारी रहेको बताएका छन् । बुधबार पाकिस्तानका ९ ओटा आतंककारी बस्ने स्थल ध्वस्त पारेको भारत शान्त देखिएको भए पनि पाकिस्तानले एकाएक जवाफी आक्रमण थालेपछि सिंहले अपरेशन सिन्दूर जारी रहेको बताएका हुन् । 

रक्षा मन्त्री सिंहले बोलाएको संसदमा सहभागी सर्वदलीय बैठकमा उनले उक्त जानकारी दिँदै सबै संसदीय दलको समर्थन पाएका हुन् । 

डेढ घण्टासम्म चलेको उक्त बैठकमा सबै दलले नरेन्द्र मोदी नेतृत्वको सरकारका कदमलाई समर्थन गरेको संसदीय कार्यमन्त्री किरेन रिजिजूले बताए । 

सर्वदलीय बैठकमा गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, विपक्ष दल कांग्रेसका नेता राहुल गान्धी र मल्लिकार्जुन खड्गे सहभागी थिए । 

भारतीय संचारमाध्यमहरुका अनुसार अपरेशन सिन्दूरमा सय भन्दा बढी पाकिस्तानी आतंकवादी मारिएका छन् । 

अपरेशन जारी रहेकाले मृतकको यकिन संख्या बताउन कठिन रहेकोसमेत उनले बताएका छन् । 

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र राहुल गान्धीले संकटमा सबैको साथ सरकारलाई रहेको बताए । 

उनीहरुले संकटमा सरकारको आलोचना नगर्ने बताउँदै आफूहरुको पूर्ण समर्थन सरकारलाई रहेको बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ