arrow

भारत–पाक तनावबारे नेपालको धारणा

नेपालले भन्यो – आतंकवादविरुद्ध उभिन्छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
foreign-ministry.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । भारत–पाकिस्तानबीच तनाव चर्किरहँदा नेपालले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने जनाएको हो ।

मन्त्रालयले गत २२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि बढेको दुई देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको जनाएको छ । पहलगाममा घटनामा एक नेपाली नागरिकसहित २७ जनाको मृत्यु भएको थियो ।

विज्ञप्तिमा उक्त दुःखद घटनामा नेपाल र भारत एकठाउँमा उभिएको जनाउँदै आततायी आतंकवादी आक्रमणको तत्कालै आलोचना गरेको पनि जनाइएको छ ।

नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिनेप्रतिबद्धता पनि जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ