काठमाडौँ । भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीबार उडान गरिरहेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा छ जनाको मृत्यु भएको छ । अन्य एक जना घाइते भएका छन् ।
गङ्गा नदीको उद्गमस्थल गंगोत्री तर्फ उडान गरिरहेको निजी हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरू पर्यटक रहेको प्रहरीले जनाएको छ ।
घाइतेको अस्पतालमा उपचार भइरहेको छ । मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गर्दै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।