arrow

ट्रक पल्टिँदा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
Mugling-narayanghad.jpg

काठमाडौँ । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको मधेस प्रदेश०३-००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा पल्टिँदा नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सार्ने काम भइरहेको छ र दुर्घटनामा मानवीय क्षति नभएको बताए । 

दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ