arrow

अमृतसरमा विषाक्त मदिराले १४ जनाको लियो ज्यान, छ गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
night-alcohol-drinks.jpg

काठमाडौँ । भारतको पञ्जाब राज्यस्थित अमृतसर जिल्लामा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको ज्यान गएको छ। मजीठा क्षेत्रका मडई र भागली गाउँमा भएको यस घटनामा ६ जना गम्भीर बिरामी परेका छन्, जसलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको स्थानीय प्रहरीले जनाएको छ।

अमृतसरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनिन्दर सिंहले सञ्चारकर्मीलाई जानकारी दिँदै हिजो राति करिब ९:४५ बजे नक्कली मदिरा सेवनबाट मानिसहरूको मृत्यु भएको सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले मुख्य आपूर्तिकर्ता प्रभजीत सिंहसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

एसएसपी सिंहका अनुसार, यस घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने अन्य ६ जना अस्पतालमा उपचाररत छन्। यो दुःखद घटना पाँचवटा गाउँमा फैलिएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका प्रभजीत सिंहले मुख्य सरगना आपूर्तिकर्ता साहब सिंहको नाम खुलासा गरेपछि प्रहरीले साहब सिंहलाई पनि पक्राउ गरेको छ।

प्रहरीले यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ र यस त्रासदीका पछाडि संलग्न सबै दोषीहरूलाई पक्राउ गर्ने प्रयास जारी रहेको जनाएको छ। स्थानीय प्रशासनले पनि घटनाको गम्भीरतालाई मध्यनजर गर्दै आवश्यक कदम चालिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ