सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती: राष्ट्रपति पौडेल [भिडियो]
वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानूनको परिचालन र आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्ने आवश्यकता देख्दछु
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
555
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बढ्दै गएको बेरुजु सुशासनका लागि चुनौतीपूर्ण भएको बताएका छन्। बुधबार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले विगत लामो समयदेखि सरकारी खर्चमा बेरुजु बढ्नु गम्भीर चासोको विषय बनेको बताए।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा सरकारी खर्च गर्दा आर्थिक अनुशासन र प्रचलित कानुनको पालनालाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व बढाउन सार्वजनिक निकायका पदाधिकारीहरू थप जवाफदेही बन्नुपर्नेमा उनले जोड दिए। सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सबै पदाधिकारीलाई जिम्मेवार बनाउन महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने उनले बताए।
राष्ट्रपति पौडेलले भने, ‘विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको छ । वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानूनको परिचालन र आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्ने आवश्यकता देख्दछु । आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरु अझ बढी जवाफदेही बन्नु आवश्यक छ । सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्ण अवस्था हो । सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने संवद्ध सबै पदाधिकारीहरुलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भुमिका महत्वपूर्ण हुन्छ । आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भुमिका निर्वाह गर्नेछ ।’
राष्ट्रपति पौडेलले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।