-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँको कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदैछ । फलामको बस कुर्ने ठाउँ बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा बनाइएको हो ।
यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिनेछन् । फल्चाभित्र प्रकाशका लागि बत्ती पनि जडान गरिनेछ ।
काठमाडौं महानगरपालिकाले महानगरका विभिन्न स्थानमा परम्परागत शैलीका काठको फल्चा निर्माण गरिरहेको छ ।