काठमाडौँ । काठमाडौँ महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा बागबजारस्थित पद्मकन्या क्याम्पसको बाहिरी भित्तामा नेपालका विभिन्न सांस्कृतिक पहिचान बोकेका महिलाहरूको आकृति चित्रित भित्तेचित्र (मुराल) तयार गरिएको छ ।
मुरालमार्फत विविध संस्कृतिको पहिचान, महिला सशक्तिकरण र एकताको सन्देश प्रस्तुत गरिएको छ।
महानगरपालिकाले यसअघि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कोटेश्वरस्थित सरस्वती पार्कमा नेपाली फुटबलर सावित्रा भण्डारी (साम्बा) को मुराल बनाएको थियो ।
महानगरले सहरको सौन्दर्यीकरण अभियान अन्तर्गत काठमाडौँका विभिन्न स्थानमा यस्ता मुराल बनाएको छ ।