यी हुन् टेरामक्स भ्रष्टाचारमा मुद्दा दायर गरिएका पूर्वमन्त्री बस्नेतसहित १८ प्रतिवादी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
797
Shares
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहन बस्नेतसहित १८ प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विशेष अदालतका शाखा अधिकृत प्रकाशनारायण श्रेष्ठका अनुसार टेरामक्स खरिदमा अनियमितता गरेको आरोपमा पूर्वमन्त्री बस्नेत, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाल, प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशकहरू सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र सन्दीप अधिकारी, उपनिर्देशकहरू अच्युतानन्द मिश्र, विजयकुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ र तेज प्रसाद खरेललाई प्रतिवादी बनाइएको छ।
उनले भने, “टेरामक्स खरीद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोगले हालसालै विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसका प्रतिवादीहरु १८ जना हुनुहुन्छ । त्यसमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालिन मन्त्री हाल प्रतिनिधि सभा सदस्य माननीय मोहनबहादुर बस्नेत, सेवानिवृत्त दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशक पदमा कार्यरत सुरेन्द्रलाल हाडा, दीपेश आचार्य, संदिप अधिकारी,उपनिर्देशक अच्युतानन्द मिश्र, विजय कुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, जमाल अनौती, एजेन्ट दिलिपकुमार गुरुङ, तेजप्रसाद खरेल रहेका छन् ।”
अख्तियारले उनीहरूविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी गरेको अदालतले जनाएको छ।