arrow

सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक छः भट्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३ शनिबार
dilliraj-bhatta-syangja.jpg

पाेखरा । गण्डकी प्रदेश प्रमुुख डिल्लीराज भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक रहेको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्लास्तरीय संरक्षक गोष्ठी उद्घाटन गर्दै उनले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताए ।

बाल्यावस्थाबाटै सेवाको भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरुरी रहेको उल्लेख गर्दै प्रदेश प्रमुुख भट्टले भने, “कलिलो उमेरबाटै अरुको सेवा गर्नुपर्ने भावना विकसित गर्न सकेमा ती बालबालिका भविष्यमा नैतिकवान्, कर्मठ, इमान्दार र दक्ष नागरिक बन्नेछन् ।”

नैतिक शिक्षाले असल मार्गमा अघि बढ्न प्रेरणा दिने उल्लेख गर्दै उनले परिवर्तनका लागि सकारात्मक सोच अत्यन्त जरुरी रहेको आवश्यकता औंल्याए । 

स्वयंसेवी कार्यकर्ता, युवाहरूको सक्रिय संलग्नता र सामुदायिक सहभागितामार्फत रेडक्रसले आफूलाई अग्रपंक्तिमा उभ्याएको भन्दै प्रदेश प्रमुख भट्टले प्रशंसा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ