युएईमाथि जितका लागि नेपाल ११५ रनको लक्ष्य पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
570
Shares
काठमाडौं । थाइल्यान्डमा जारी आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ। युएईमाथि जितका लागि नेपाल ११५ रनको लक्ष्य पछ्याउँदै दोस्रो चरणमा ब्याटिङ गरिरहेको छ।
टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो। युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान गरिन् भने तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन थपिन्।
नेपालको बलिङतर्फ मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिइन्। कविता कुँवरले २ विकेट हात पार्दा राजमती ऐरीले १ विकेट लिइन्।