arrow

इन्डोनेसिया एसिया–प्रशान्तको 'कार्बन भण्डारण केन्द्र' बन्ने लक्ष्यमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
indonesia.jpg.jpeg

जकार्ता। इन्डोनेसियाले आफूलाई एसिया–प्रशान्त क्षेत्रको प्रमुख कार्बन भण्डारण केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ। यस उद्देश्यले नविकरणीय ऊर्जा क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने अवसरहरू सिर्जना हुने विश्वास गरिएको छ।

इन्डोनेसियाका नविकरणीय ऊर्जा तथा ऊर्जा संरक्षण महानिर्देशनालयका जैव ऊर्जा निर्देशक एडी विबोवोका अनुसार, इन्डोनेसियामा जलाशयहरूमा लगभग ५७२.७७ गीगाटन कार्बन भण्डारण गर्ने क्षमता छ। साथै, प्रयोग भइसकेका तेल तथा ग्यास भण्डारहरूमा पनि करिब ४.८५ गीगाटन कार्बन भण्डारण गर्न सकिने सम्भावना रहेको उनले बताए। "यसका आधारमा इन्डोनेसिया क्षेत्रीय कार्बन भण्डारण सेवाको केन्द्र बन्ने उच्च सम्भावना बोकेको छ," विबोवोले भने।

उनले कार्बन भण्डारण प्रविधिले विद्युत उत्पादन, यातायात र औद्योगिक क्षेत्रमा कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए। यसले इन्डोनेसियाको हरितगृह ग्याँस न्यूनीकरणसम्बन्धी राष्ट्रिय योजना अनुरूप काम गर्न सहयोग पुग्ने उनको भनाइ छ।

विबोवोले थप भने, "इन्डोनेसियाको नविकरणीय ऊर्जा सम्भावना ३ हजार ६८० गीगावाटभन्दा बढी छ, तर हालसम्म जम्मा ०.३ प्रतिशत मात्र उपयोग गरिएको छ।" उनले नविकरणीय ऊर्जा क्षेत्रमा लगानी र विकासको विशाल सम्भावना रहेकोमा जोड दिँदै सरकारले आर्थिक विकास र वातावरणीय दिगोपनालाई सन्तुलनमा राख्दै नविकरणीय ऊर्जा स्रोतहरूको व्यापक प्रयोगका लागि अवसरहरू खुला गरिरहेको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ