काठमाडौँ । वाशिंगटन डीसीमा रहेको यहुदी संग्रहालय नजिकै बिहीबार राति इजरायली दूतावासका दुई कर्मचारीको हत्या भएको अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले बताएकी छन्।
मिडिया रिपोर्टका अनुसार दुई जनालाई गोली हानी मारिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको नोएमले जानकारी दिइन्।
घाइतेमध्ये एक जनालाई गम्भीर अवस्थामा नजिकैको अस्पताल लगिएको थियो र उनको पछि मृत्यु भएको थियो।
प्रहरीले हाल घटनाको सम्बन्धमा चासो राख्ने एक व्यक्तिसँग सोधपुछ गरिरहेको छ।