arrow

रवि लामिछाने थुनामै, बन्दी प्रत्यक्षीकरणको आदेश अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
ravi-arrest-81-12-22.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने थुनामै रहने भएका छन् । बन्दी प्रत्यक्षीकरणको निवेदन जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेसँगै उनी थुनामै रहने भएका हुन् । 

शुक्रबार अबेर न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको निर्णय कानूनसम्मत भएकाले उल्ट्याउन नपर्ने आदेश गरेको हो ।

गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । 

बुटवलको सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने रुपन्देही कारागारमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ