arrow

देउवाका १० महिनाः काँग्रेसमा भाँडभैलो

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
deuba-new-aaa.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते कांग्रेसलाई विधि विधान र पद्धतिमा डोहोर्‍याउने बताएका थिए । 
 
उनले सुशील कोइरालाई पराजित गर्दै सभापति जित्न पनि सफल भए । औपचारिक रुपमा कांग्रेसको नेतृत्व संहालेको १० महिना बितिसकेको छ, तर तिनै देउवाले पार्टीको बिधानले बाँधेका थुप्रै काम पूरा गर्न सकेका छैनन् । 
 
१० महिने कार्यकालमा उनले भातृ संगठनको महाधिवेशन गरे, बाम गठबन्धन तोड्न सफल भए भने संसदीय दल र कार्यसमितिको निर्वाचन गराउन सफल भए ।
 
तर उनी चार चरणमा १२ सदस्य मनोनयन गर्न असफल भए । त्यसमध्ये ३ जना मनोनित गरे पनि ९ जना अझै बाँकी छ ।
 
बिधान अनुसार २ महिनामा गठन हुनुपर्ने बिभाग अलपत्र परेको छ भने उपसभापति र महामन्त्रीको मनोनयन अझै हुन सकेको छैन । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ