arrow

माङसेबुङका तीन जनाको विषाक्त च्याउ खाएर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
Mangsebung_Gaunpalika.png

दमक । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए । 

मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै मृत्यु भएको थियो । लावतीको आज बीएनसी अस्पतालमा मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ