arrow

१७ करोडको आईपीओ निष्कासन हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
ipo-final1.gif

काठमाडौँ । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले एलिट क्यापिटल लिमिटेडलाई धितोपत्र प्रत्याभूतिकर्ता (सेयर अण्डरराइटर) नियुक्त गरेको छ। मङ्गलबार दुई कम्पनीबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

एलिट क्यापिटलले कान्तिपुर फर्मास्युटिकल्सको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गर्नेछ। सम्झौतामा कान्तिपुर फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका छन्। कान्तिपुर फर्मास्युटिकल्सले आईपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ र यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

कुल ६३ करोड रुपैयाँ चुक्तापुँजी भएको यो कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको हो। सन् २०१८ मा स्थापित यस कम्पनीले भेटेरिनरी (पशुपन्छी) सम्बन्धी औषधिको अनुसन्धानका साथै पशुपन्छीका लागि आहारपूरक सप्लिमेन्टस् उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ।

हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ। जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण भइरहेका छन्। अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। यसका अतिरिक्त, कम्पनीले २१ वटा अन्य आहारपूरक सप्लिमेन्टस्हरूको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। यो आईपीओ निष्कासनले कम्पनीको थप विस्तार र उत्पादन क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ