arrow

अन्नपूर्णमा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
public-holiday-sarwajanik-bida.jpg

पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले यही जेठ २० गते मंगलबारका दिन सार्वजनिक बिदा दिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणको ७५औं वार्षिकोत्सव (हिरक महोत्सव) को अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार अन्नपूर्ण दिवसलाई ऐतिहासिक र गौरवपूर्ण रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

गत बैशाख २९ गतेको गाउँ कार्यपालिकाको बैठकबाट गरिएको निर्णय जेठ १६ मा राजपत्रमासमेत प्रकाशित गरिएको छ । सोही अनुसार जेठ २० गते पालिका भित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा सार्वजनिक निकायमा बिदा लागू हुनेछ ।

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालद्वारा सन् १९५० जुन ३ (वि.सं. २००७ जेठ २०) मा पहिलोपटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरिएको थियो ।

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालद्वारा सन् १९५० जुन ३ मा आरोहण गरेको ७५ वर्ष पुग्दैछ । त्यसै अवसरमा हर्जोगका छोरा र नातिको उपस्थितिमा विशेष समारोह गर्न गर्न लागिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ