arrow

सांसद डा शर्माले गरे मोरङको सुनझोडा खोलामा मोटरेबल पुलको शिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
motorable-bridge-sunil-sharma-82-2-17.jpg

विराटनगर । नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनील शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं २ र उर्लाबारी नगरपालिकाको वडा नं ३ को सीमामा पर्ने सुनझोडा खोलामा मोटरेबल पुलको शिलान्यास भएको छ ।

शनिबार औपचारिक कार्यक्रमका पूर्वमन्त्री तथा मोरङ्गको निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद डिगबहादुर लिम्बू र निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद् सुनील शर्मा प्रदेश संसद  गीता तिम्सिना, मानबहादुर लिम्बू, शोभा लिम्बूले उक्त खोलामा दुई लेनको पक्की पुल निर्माणको शिलान्यास गरेका हुन् ।

उक्त खोलामा शनिबारै बिहान परेको अविरल वर्षाका कारण आएको बाढीमा जोखिम संघीय सांसद लिम्बु प्रदेश सांसद, लगायतका जनप्रतिनिधिहरूले जोखिम मोल्दै खोला तरेर शिलान्यास गरेका थिए । 

आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ विराटनगरको कार्की बन्धु कन्स्ट्रक्सन प्रालिले पाँच करोड ७० लाखमा उक्त ३० मिटर लम्बाईको पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ।

शर्माको पहलमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट उक्त पुल निर्माणका लागि बजेट विनियोजन भएको थियो । उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, पथरी शनिश्चरे वडा नं २ की वडाध्यक्ष नैना राई, उर्लाबारी -३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी लगायत जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

यसैगरी सांसद शर्माले पूर्व पश्चिम एसियन हाइवे पथरी शनिश्चरे वडा नं १० को जिरीखिम्ती सडक खण्डको विवादित क्षेत्रमा अवलोकन तथा भ्रमण गरेका थिए । 

डा शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र  सांसद हुन् । उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ