arrow

हिमानी र हृदयेन्द्रले गरे जुम्लामा सुत्केरी सेवा केन्द्रको शिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
himani-trusts.jpg

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा हिमानी ट्रस्टले निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरिएको छ। पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले संयुक्त रूपमा यस सेवा केन्द्रको शिलान्यास गरेका हुन्।

सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह छोरा हृदयेन्द्रसहित शनिबार जुम्ला पुगेकी थिइन्। जुम्ला विमानस्थलमा उनीहरूलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए।

हिमानी ट्रस्टले सामाजिक सेवाअन्तर्गत यो सुत्केरी सेवा केन्द्र निर्माण गर्न लागेको हो। यसले उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ