दोलखा । दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै सुन्दर, रमणीय पर्यटक गन्तव्य बनेको छ । ३४ सय मिटर उचाईमा रहेको यो स्थान प्रायः हिउँले ढाकिन्छ।
हिउँमा रमाउन र शैलुङ घुम्न मुलुकका विभिन्न भागबाट पर्यटक यहाँ पुग्छन् । शैलुङबाट गौरीशंकर, गणेश, जुगल, अन्नपूर्णसहित मुलुकका प्रायः हिमश्रृङ्खला र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका प्रायः पहाड र पर्वतहरु देखिन्छ ।
प्राकृतिकसँगै शैलुङ हिन्दू र बोद्धधर्मावलम्बीहरुको धार्मिक स्थल हो । यहाँ जनैपूर्णिमा, बाला चतुदर्शी लगायतका समयमा मेला लाग्ने गर्छ ।