arrow

धोनी आईसीसीको यस्तो सूचीमा, भने- गर्वको क्षण

यी हुन् हल अफ फेममा समावेश सात खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
dhoni-ipl-chennai-2025.jpg

काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले प्रतिष्ठित 'हल अफ फेम'मा समावेश गरेको छ। आईसीसीले सोमबार यसको औपचारिक घोषणा गरेको हो। यो सम्मानसँगै धोनी आईसीसी हल अफ फेममा पर्ने ११ औँ भारतीय खेलाडी बनेका छन्।

आईसीसीले धोनीको करियरको उच्च प्रशंसा गर्दै भनेको छ, "१७ हजार २६६ अन्तर्राष्ट्रिय रन, ८२९ शिकार (विकेटकिपरका रूपमा) र ५३८ खेल... यी तथ्याङ्कहरूले उनको असाधारण प्रतिभा मात्र नभई, उनको निरन्तरता, उत्कृष्ट फिटनेस र लामो तथा सफल करियरको स्पष्ट प्रमाण दिन्छ।" 

यस विशेष सम्मानप्रति आफ्नो प्रतिक्रिया दिँदै धोनीले भने, "आईसीसी हल अफ फेममा नाम आउनु मेरो लागि एक धेरै ठूलो सम्मान हो। विश्वभरका दिग्गज खेलाडीहरूको सूचीमा आफ्नो नाम देख्न पाउनु साँच्चै गर्वको क्षण हो। यो पल म सधैँभरि सम्हालेर राख्नेछु।"

आईसीसीले हल अफ फेम २०२५ को सूचीमा कुल सात जना खेलाडीलाई समावेश गरेको छ, जसमा पाँच पुरुष र दुई महिला क्रिकेटर रहेका छन्। पुरुष खेलाडीहरूमा दक्षिण अफ्रिकाका हाशिम अमला, भारतका महेन्द्र सिंह धोनी, अस्ट्रेलियाका म्याथ्यू हेडन, दक्षिण अफ्रिकाका ग्रीम स्मिथ र न्युजिल्यान्डका डेनियल भिटोरी समावेश छन्। त्यस्तै, महिला क्रिकेटरहरूमा पाकिस्तानकी सना मीर र इङ्गल्यान्डकी सारा टेलरले यो सम्मान प्राप्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ