arrow

करेन्ट लागेर १५ वर्षीया किशोरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
Tanahun_District.png

पोखरा । तनहुँमा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ ।

मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ गड्योलीटारकी १५ वर्षीया निर्मला कुमाल छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाँस काट्ने क्रममा पिपलको बोटमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लागेको हाे ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्कालै उद्दार गरी उपचारका लागि जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराका लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ