arrow

आईसीसी विश्वकप लिग–२

सोमपाल र गुल्सन घाइते, नन्दनको 'डेब्यु'

नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
t20-wc-2024-sompal-.jpg

काठमाडौँ । स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण खेलाडी सोमपाल कामी र गुल्सन झा उपलब्ध नहुने भएका छन्। अभ्यासका क्रममा चोट लागेका कारण दुवै जनाले यो खेल गुमाउनेछन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, "सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते भएकाले उनीहरूले आजको खेल तथा टी–ट्वान्टी आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउनेछन्।"

विज्ञप्तिमा जनाइएअनुसार, सोमपालको दायाँ हातमा र गुल्सनको घुँडामा चोट लागेको छ। चिकित्सकको परामर्शपछि उनीहरू नेदरल्याण्ड्सविरुद्धको खेल र त्यसपछिको टी–२० आई त्रिकोणीय श्रृङ्खलाका कुनै पनि खेलमा सहभागी हुन नसक्ने भएका छन्।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले अहिले पहिला ब्याटिङ गरिरहेको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन गरिएको छ। सोमपाल कामी र गुल्सनकुमार झा घाइते भएपछि उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मौका दिइएको छ। दायाँ हाते तीव्र गतिका बलर नन्दनले आजैको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 'डेब्यू' गरेका छन्। त्यसैगरी, ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ।

आज नेपाल तेस्रो जितको खोजीमा छ। यसअघि नेपालले स्कटल्यान्डलाई एक विकेटले तथा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो। यस्तै, नेपाल स्कटल्यान्डसँगको दोस्रो खेलमा भने दुई रनले पराजित भएको थियो।

यता नेदरल्यान्ड्स भने शृङ्खलामा आफ्नो पहिलो जितको लक्ष्यमा छ। नेदरल्यान्ड्स यसअघि स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो।

नेपाली टोलीमा: कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित नारायण राजवंशी रहेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ