arrow

संसदीय सुनुवाइ समिति

सर्वोच्च अदालतका तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३१ शनिबार
iswari-devi.jpg

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ भएको छ।

आज शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित चारै जनाको सुनुवाइ सुरु गरिएको हो। समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले 'संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्तिका सन्दर्भमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चारका माध्यमबाट सार्वजनिक गर्न' प्रस्ताव गरिन्। उक्त प्रस्तावलाई समितिले सर्वसम्मतले पारित गरेको छ।

संसदीय सुनुवाइ समितिमा आज तीन जना सर्वोच्च अदालतका न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यको नियुक्तिबारे सुनुवाइ प्रक्रिया प्रारम्भ भएको हो।

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस भएका छन्। यस्तै, न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ