arrow

होटलको पाँचौं तलाबाट खसेकी महिलाकाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
hotel-rudrakshya-pokhara.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडस्थित होटल रुद्राक्षको पाँचौं तलाबाट खसेर शनिबार राति एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १० रानीवनकी ३२ वर्षीया सरिता भण्डारी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सरिता श्रीमान, दुई नाबालक छोरासहित जेठ २९ गते पोखरा घुम्न आएकी थिइन् ।

गम्भीर घाइते भण्डारीलाई तत्कालै उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनालगत्तै उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ । दुई नाबालक छोरालाई आफन्तको जिम्मा लगाएको र घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ