इरानीको सपना तहसनहस हुँदै जाँदा नेतान्याहूले रोके छोराको बिहे
हाम्रा कुरा
प्रकाशित २०८२ असार २ सोमबार
1.9k
Shares
तेल अभिव । गाजामा हमास विरुद्धको हमलापछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ ।
अहिलेसम्म दुवैतर्फ गरी चार सय भन्दा बढीको ज्यान गइसकेको छ भने १७ सय भन्दा बढी घाइते भएका छन् ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानसँगको सैन्य द्वन्द्वका बीचमा आफ्नो छोराको तय भएको विवाह अन्तिम समयमा आएर स्थगित गरेका छन् ।
टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार नेतान्याहुका छोरा अव्नेर नेतान्याहूले सोमबार आफ्ना पार्टनर अमित यार्डेनीसँग विवाह गर्ने कार्यक्रम तय भएको थियो तर अहिले त्यो वैवाहिक कार्यक्रम रोकिएको छ ।
र, केही दिनअघि पनि इजरायली प्रधानमन्त्री र उनको परिवारको निकै आलोचना भएको थियो । वास्तवमा नेतान्याहू र उनको परिवारका केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । जसमा उनीहरू सबै छुट्टीको मुडमा देखिएका थिए जबकि देश युद्दको चपेटामा परिरहेको छ ।
गाजामा एकातिर इजरायली नागरिक अझै पनि बन्धकमा छन् भन्ने धेरैले उनीहरूले छुट्टी मनाएको भन्दै तिब्र आलोचना गरेका थिए तर अर्कोतर्फ इजरायली प्रधानमन्त्रीले आफ्नो परिवारसँग छुट्टी मनाउँदै छन्।
उही समयमा जब नेतान्याहू परिवारले छोराका विवाह समारोहको तयारी गरिरहेको थियो, इजरायलले गत शुक्रबार इरानमा आक्रमण गर्यो। जवाफमा, इरानले पनि सयौं ड्रोन र मिसाइलले राजधानी तेल अभिव, जेरूसलम र हाफिजा लगायतमा वनिाशकारी हमला गरेको थियो ।