स्कटल्याण्डलाई हराउँदै नेपाल विजयी, करण केसीको सयौँ विकेट
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
629
Shares
काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत मङ्गलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ।
स्कटल्याण्डको टिटवुड रङ्गशालामा भएको रोमाञ्चक खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको महत्त्वपूर्ण योगदान दिए। यस्तै, दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहदमले १३, र किरण ठगुन्नाले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। करण केसी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए भने ललितनारायण राजवंशीले १ विकेट हात पारे।
यसै खेलमार्फत करण केसीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरेका छन्। उनी यो उपलब्धि हासिल गर्ने नेपालका दोस्रो बलर बनेका छन्, यसअघि सन्दीप लामिछानेले यो कोशेढुङ्गा पार गरिसकेका छन्।
पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो। उसका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रन जोडेका थिए। कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए।
बलिङतर्फ स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले २-२ विकेट लिए। ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस, र जास्पर डेभिडसनले समान १-१ विकेट हात पारे।