नेपाल नेदरल्यान्ड्ससँग बदला लिने तयारीसहित मैदानमा उत्रदै
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
641
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्देछ । यसअघिको कीर्तिमानी खेलमा तीन सुपर ओभरमा नेदरल्यान्ड्ससँग भोगेको हारको बदला नेपाल आजै लिन चाहन्छ ।
खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछ । नेपालले श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध कठिन तर रोमाञ्चक २ विकेटको जित निकालेको नेपाल फर्ममा फर्किसकेको छ ।
आज नेदरल्यान्ड्सविरुद्ध नतिजा निकाल्न मात्र बाँकी रहेको छ ।
नेदरल्यान्ड्स लगातार दोस्रो जितसहित प्रतियोगितामा बलियो स्थितिमा पुगेको छ। पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलमा जित निकालेको थियो ।
अहिलेसम्म नेदरल्यान्ड्स ३ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने स्कटल्यान्ड ३ खेलबाट २ अंकसहित दोस्रो तथा नेपाल २ खेलबाट २ अंकसहित पुछारमा छ ।
आज जित हासिल गर्दा नेपाल ४ अंकसहित शीर्ष स्थानमा पुग्नेछ ।