arrow

स्थगित भयो ओली, देउवा र प्रचण्डबीचको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
oli-deuba-prachanda-82-01-0.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

बुधबारका लागि तय भएको बैठक नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ बाहिर रहेकाले आज दिउँसो ३ बजेका लागि सारिएकामा पुनः २ बजे बस्ने भएको थियो । 

फेरि पनि बैठक स्थगित भएको हो । 

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदै थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ