अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय सर्वोच्चमा काजमा
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
912
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश सर्वोच्च अदालतमा तानिएका छन् । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश सर्वोच्चमा काजमा तानिएका हुन् ।
उच्च अदालत जनकपुरको वीरग१ज इजलासबाट न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जन सर्वोच्चमा काजमा तानिएका हुन् । फैसलाका कारण विवादित भएको र सुरक्षाको पनि प्रश्न उठेकाले सर्वोच्चमा काजमा रहने गरी तानिएको बताइएको छ ।
उनीहरूविरुद्ध न्याय परिषद्मा पीडित परिवारले केही दिनअघि मात्रै उजुरी दिएका छन् ।
सफाइ पाएपछि आलम जेठ १४ गते कारागारमुक्त भइसकेका छन् । त्यसअघि रौतहट जिल्ला अदालतले आलमसहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
आलम छुटे पनि आलमको पक्षमा फैसला गर्ने न्यायाधीशद्वयमाथि भने एक समूहले इजलासमै पुगेर कालोमोसो दलेको थियो ।
काजमा तानिएसँगै उनीहरुको अनुसन्धान प्रक्रिया पनि शुरु भएको छ ।